सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौँ । चैत ३ ,साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार २१.६३ अंकले घटेको सेयर बजार २७१४.८५ बिन्दुमा झरेर रोकिएको छ ।
आइतबार ०.७९ प्रतिशतले बजार घटेको हो । कुल ३ सय १६ धितोपत्रको ७९ हजार ३१ कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाए । यस संस्थाको मूल्य ८।१९ प्रतिशतले बढेर २ हजार ३ सय ९० रुपैयाँ पुगेको छ ।
विशाल बजार कम्पनी, आरएसडीसी लघुवित्त वित्तीय संस्था, अपर हेवाखोला हाइड्रो सहित धितोपत्रको आज मूल्य बढेको छ ।
आइतबार ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यो धितोपत्रको मूल्य ७.९१ प्रतिशतले घटेर १ हजार २ सय ५८ रुपैयाँमा झरेको छ ।
यस दिन पिपुल्स हाइड्रो, विन नेपाल लघुवित्त वित्तीय संस्था, प्रभु इन्स्योरेन्स, महालक्ष्मी विकास बैंकसहित लगानीकर्ताले धेरै गुमाएका छन् । हिमालयन रिइन्स्योरेन्सको आज धेरै कारोबार भएको छ ।