फेरि सुनको मूल्यमा नयाँ रेकर्ड

सहयात्रा टिभी

काठमाडौं । चैत ५, मंगलबार नै सुनको भाउले तीन दिनअघिको उच्च रेकर्ड तोडेको छ ।

अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँ थियो ।

यसअघि गत शुक्रबार सुनको मूल्यले १ लाख ७४ हजार ५ सय रुपैयाँको उच्च रेकर्ड बनाएको थियो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।

प्रकाशित : 18 March, 2025

प्रतिक्रिया दिनुहोस्