शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

सहयात्रा टिभी

काठमाडौं । चैत ७, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।

बिहान ८ बजे सुरु भएको परीक्षा ११ बजेसम्म चल्ने छ । आज अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एसईई सञ्चालन भइरहेको छ ।

यसवर्षको एसईईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी छन् । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी छन् । गतवर्षको एसईईमा ४ लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए । परीक्षा यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : 20 March, 2025

प्रतिक्रिया दिनुहोस्