मेची क्याम्पसको सभापति पहिलो पटक महिला- नेविसंघकी निलमले रचिन् इतिहास

सहयात्रा टिभी

 झापा । चैत ७,  झापामा निर्वाचन भएका १३ वटा क्याम्पस मध्ये ९ वटा क्याम्पसमा नेविसंघले सभापति जितेको छ ।

एमाले निकट अनेरास्ववियुले ३ वटा क्याम्पसमा विजय हासिल गर्दा एउटा क्याम्पसमा राप्रपा निकट विद्यार्थी संगठनले जित हासिल गरेको छ । निर्वाचन भएका एउटा पनि क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीले जित निकाल्न सकेन ।

झापाको केन्द्रीय र ठुलो क्याम्पसको रूपमा रहेको मेची बहुमुखी क्याम्पसमा यस पटक महिलाको नेतृत्व पाएको छ । मेची क्याम्पसको सभापतिमा नेविसंघकी निलम कार्की सभापतिमा निर्वाचित भएकी छन् । उनी मेची क्याम्पसको पहिलो छात्रा स्ववियु सभापति बनेकी छन् ।

यस्तै झापाको दमक बहमुखी क्याम्पसमा पनि नेविसंघ नै विजयी भएको छ । सो क्याम्पसमा भूपेन्द्र बस्नेत ९ भुवन ० सभापतिमा विजयी भए । यस्तै कनकाई क्याम्पस खुरुङ्गामा नेविसंघबाट सभापतिमा वासुदेव निरौला,कनकाई आदर्श क्याम्पस बिर्तामोडमा किरण गुरुङ, इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा सृजित ढुङ्गाना सभापतिमा निर्वाचित भएका छन् ।

यस्तै शनिश्चरे क्याम्पस अर्जुनधारामा विशाल थापा काँकडभिट्टा क्याम्पस मेचीनगरमा सुरज राई, गौरीगञ्ज क्याम्पस गौरीगञ्जमा रोशन यादव विजयी भएका छन् । एमाले निकट अनेरास्वयुले भने तीन वटा क्याम्पसमा सभापति जितेको छ । अनेरास्वयवियुले त्रिदेव बहुमुखी क्याम्पसमा सभापति जितको छ । सो क्याम्पसमा ईश्वर रिजाल सभापतिमा विजयी भए ।

यस्तै सितारमेश क्याम्पस वुद्धशान्तीमा अशोक भण्डारी गौरादहबहुमुखी क्याम्पसमा तुलसीराम पौडेल निर्वाचित भएका छन् । बिर्तामोडको गरामनी क्याम्पसमा भने राप्रपाले जितेको छ । सो क्याम्पसमा राप्रपा निकट विद्यार्थी संघठनका केशव खरेल सभापतिमा विजयी भए ।

प्रकाशित : 20 March, 2025

प्रतिक्रिया दिनुहोस्