प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आम जनता पार्टीको निष्कर्ष

काठमाडौं । चैत ७, आम जनता पार्टी (आजपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।
आजपा पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा बसेको पदाधिकारी बैठकले ओलीलाई राजीनामा दिएर अन्तरिम सरकार गठनका लागि मार्ग प्रशस्त आग्रह गरेको हो ।
प्रधानमन्त्रीसहित बहुमत मन्त्रीहरु कार्यसम्पादन मुल्यांकनमा फेल भएको र सरकार जनस्तरबाट अस्वीकृत एवं असफल भएकोले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने आजपाको निष्कर्ष छ ।
वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मुल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, ओली नेतृत्वको सरकार आफै जनस्तरबाट अस्वीकृत भएको निष्कर्ष निकाल्दै आजपाले अन्तरिम सरकार गठनको माग गरेको हो ।
बैठकले पार्टी सदस्यता वितरण, पार्टी कमिटी तथा जबस कमिटीहरुको गठन, पुनर्गठन, बैठक एवं भेलाहरुलाई युद्धस्तरमा अगाडी बढाउने निर्णय समेत गरेको छ ।