टर्कीमा विश्वविद्यालय र मेट्रो स्टेसनहरूमा सरकारविरोधी नाराबाजी

काठमाडौं । चैत ७, टर्कीमा इस्तानबुलका मेयर तथा विपक्षी नेता इकरम इमामोग्लुको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन शुरु भएका छन् ।
प्रदर्शनकारीहरूले सडक, विश्वविद्यालय र मेट्रो स्टेसनहरूमा सरकारविरोधी नाराबाजी गरिरहेका छन् । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शनकारी र प्रहरीबीच झडपको खबर पनि आएको छ ।
यसको प्रतिक्रियास्वरूप सरकारले देशकै सबैभन्दा ठूलो सहर इस्तानबुलमा चार दिनका लागि सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको छ । साथै, धेरै सडक र मेट्रो सेवाहरू बन्द गरिएका छन् ।
प्रदर्शनमा संलग्न १०० भन्दा बढी व्यक्तिहरूलाई प्रहरीले हिरासतमा लिएको छ । पक्राउ पर्नेमा धेरैजसो नेता र पत्रकार रहेका छन् । २२ वर्षदेखि सत्तामा रहेका राष्ट्रपति रेसेप तैयप एर्दोगान विरुद्धको यो सबैभन्दा ठूलो प्रदर्शनमध्ये एक मानिएको छ ।