कांग्रेस केन्द्रीय कार्यालय परिसरमा खेलकुदमन्त्रीलाई कालोझण्डा

सहयात्रा टिभी

काठमाडौं । चैत ७, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ । उनलाई आफ्नै कार्यालय सानेपामा बिहीबार कालोझण्डा देखाइएको हो ।

बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको विरोधमा नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् ।

प्रदर्शनमा उत्रिएका उक्त समूहका प्रदर्शनकारीहरूले ‘खेलकुदमन्त्री राजीनामा दे’, ‘नेपाली कांग्रेस जिन्दावा’, ‘संगठनविरोधी गतिविधि अन्त्य गर’ लगायतका नारा लगाएका थिए ।

 

 

प्रकाशित : 20 March, 2025

प्रतिक्रिया दिनुहोस्