रुस-युक्रेन युद्धमा ज्यान गुमाएका नेपालीका परिवारहरु क्षतिपूर्ति लिन मस्को पुगे

काठमाडौँ । चैत १३, रुसी सेनामा भर्ती भई युद्धमा ज्यान गुमाएका र घाइते भएका नेपालीका परिवारहरु क्षतिपूर्ति लिन मस्को पुगेका छन् ।
क्षतिपूर्ति पाउने नेपाली परिवारहरु कति संख्यामा छन् भन्ने अहिले नै स्पष्ट भइसकेको छैन । तर क्षतिपूर्ति दाबी र बेपत्तालाई खोज्दै करिब एक दर्जन हाराहारी व्यक्तिका नातेदार मस्को पुगेको अनुमान छ ।
दुई जना मस्को पुगेको डकुमेन्ट आफूसँग रहे पनि त्योभन्दा बढी संख्यामा नेपालीहरु मस्को पुगेको सुनेको उनले बताए ।
रुसी सेनामा भर्ती भएका नेपालीहरुको उद्धारका लागि भनेर अभियान चलाउँदै आएकी कृतु भण्डारी ७ जना मृतक र २ जना बेपत्ता गरी ९ जनाका नातेदार मस्को पुगेको बताउँछिन् । तीमध्ये एक जना दुबईबाट र एक जना हङकङबाट मस्को गएको उनको भनाइ छ ।
यद्यपि केही नेपालीहरु नेपाल फर्किएका पनि छन् । मन्त्रालयका प्रवक्ता ढकालका अनुसार नेपाली दूतावास मस्कोको सहयोगमा दुई सयभन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् ।