आज नेप्से परिसूचक ४१.४३ अंकले बृद्धि

सहयात्रा टिभी

काठमाडौँ । चैत १४, साताको अन्तिम कारोबार दिन  आज  नेप्से परिसूचक  ४१.४३ अंकले बृद्धि भएको छ।  अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ ।

सो अंकको वृद्धिपछि सेयर बजार परिसूचक नेप्से २६६३ मा कायम भएको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो । २२७ कम्पनीको मूल्य बढ्दा १६ को घट्यो । सबै सेक्टरका सूचक बढेका छन् ।

गुराँस लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । सिर्जनशील लघुवित्तको ९.९, सपोर्ट माइक्रोफाइनान्सको ८.५, अभियान लघुवित्तको ७.६ तथा मानुषी लघुवित्तको ७.२ प्रतिशत बढ्यो ।

धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स तथा ग्रीन डेभलपमेन्ट बैंक क्रमशः अगाडि रहे ।

प्रकाशित : 27 March, 2025

प्रतिक्रिया दिनुहोस्