तीनकुने प्रदर्शनमा प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ

काठमाडौं । चैत १६, राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न १०५ जनालाई प्रहरी पक्राउ गरेको छ । सो घटनामा संलग्नहरु थप व्यक्तिहरुको खोजी भइरहेको र हालसम्म १०५ जना पक्राउ परेको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ जना पक्राउ परेका हु
प्रहरीको बन्दुक खोस्ने पनि पक्राउ परिसकेको उनले बताए । तर, उनको नाम भने खुलाइएको छैन । अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवलशम्शेर राणाका साथै स्वागत नेपाललगायतका राजावादी अभियन्ताहरू शुक्रबार राति नै पक्राउ परेका छन् । राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ ।
आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं भने फरार छन् ।