गृहमन्त्री लेखक अनुगमनका लागि तीनकुने पुगे

काठमाडौं । चैत १६, गृहमन्त्री रमेश लेखक तीनकुने पुगेर राजावादीहरूको प्रदर्शनमा आगजनी र तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका छन् ।
शुक्रबार राजवादीले गरेको आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा भौतिक क्षति भएको थियो। आन्दोलनकारीहरुले तीनकुने लगायत आसपासका क्षेत्रमा कैयौँ घरमा तोडफोड गरेका थिए। एक घरमा आगो लगाएका थिए। केही घरमा पसेर उनीहरूले त्यहाँ रहेका कार्यालयमा तोडफोड रआगजनी गरेका थिए।
हिंसात्मक आन्दोलनमा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ। केही प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए।
त्यस क्षेत्रमा शुक्रबार साढे ४ बजेदेखि लागेको कर्फ्यु बिहान ७ बजे हटेको छ।