अन्तिम कारोबार दिन सेयर बजारमा वृद्धि

सहयात्रा टिभी

काठमाडौं । चैत २१, साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको वृद्धि देखिएको छ ।

अघिल्लो दिनको तुलनामा आज बजारको परिसूचक नेप्से ३.३५ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७०३ अंकमा कायम भएको छ । दिउँसो कारोबारका क्रममा बजार २७३२ अंकसम्म पुगे पनि टिक्न सकेन ।

बजारमा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८४ करोडको भयो । कुल ९३ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो ।

सबैभन्दा शक्तिशाली सेक्टर बैंकिङ ०.९६ प्रतिशत (१३ अंक) बढेपछि समग्र बजारको वृद्धिदर धनात्मक भएको हो । धेरैजसो सेक्टर घटेका छन् । बैंकिङका अलवा अन्य सेक्टर १.४५, हाइड्रोपावर ०.०३ र निर्जीवन बीमा ०.५९ प्रतिशत बढे ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन पावर पार्टनर र राधि विद्युत् क्रमशः अगाडि रहे ।

 

प्रकाशित : 3 April, 2025

प्रतिक्रिया दिनुहोस्