घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

सहयात्रा टिभी
काठमाडौं । चैत २४,  नेपाली बजारमा आज (आइतबार) सुनको भाउ तोलामा एक हजार ९ सय रुपैयाँ घटेको छ । यसअघि शुक्रबार ३ हजार ९ सय घटेको थियो । अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७४ हजार ५ सय रुपैयाँमा झरेको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८७० मा कारोबार भएको चाँदी आज १८०० रुपैयाँमा झरेको छ । गएको बिहीबार सुनको मूल्य एक लाख ८० हजार तीनसय रुपैयाँ पुगेको थियो । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठसय रुपैयाँमा झरेको छ । गएको शुक्रबार चाँदीको मूल्य एक हजार नौसय ७० रुपैयाँ थियो ।

प्रकाशित : 6 April, 2025

प्रतिक्रिया दिनुहोस्