मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । चैत २५, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ । प्रधानमन्त्री ओली थाइल्याण्डको बैङ्कका भएको बिम्स्टेक सम्मेलनमा भाग लिएर स्वदेश फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

आजको बैठक नियमित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । बैठकमा नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिकाे विषयमा निर्णय हुन सक्ने बुझिएको छ । महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै नेपाल राष्ट्र बैङ्क हिजोदेखि गभर्नरविहीन छ ।