रुपन्देही कारागारको ४ नम्बर ब्लकमा लामिछाने एक्लैलाई राखियो

सहयात्रा टिभी

काठमाडौं । चैत २५, पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सोमबार जिल्ला कारागार भैरहवा, रुपन्देहीमा राखिएको छ ।

 

उनलाई कारागारको ४ नम्बर ब्लकमा राखिएको कारागार प्रशासक सुरेश भण्डारीले बताए । ४ नम्बर ब्लकमा लामिछाने एक्लैलाई राखिएको छ ।

भैरहवा कारागारमा ४ वटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अरु कैदी तथा थुनुवाहरू छन् । ३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो । अहिले रविलाई राखिएको ब्लक भने ४ नम्बर हो ।

कारागार चलान हुँदै गर्दा रविले कुनै माग नगरेको र आफूलाई एक्लै राख्नसमेत नभनेको भण्डारी बताउँछन् । शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछाने पक्राउ परेका थिए ।

त्यसरात उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो । लाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

सरकारी बिदाका कारण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार पठाइएको थियो ।

 

प्रकाशित : 7 April, 2025

प्रतिक्रिया दिनुहोस्