बल्खुमा राप्रपाले कार्यक्रम सकेसँगै गर्यो सडक सफा

काठमाडौं । चैत २६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा आफ्नो कार्यक्रम सकेसँगै फोहोर संकलनको काम थालेको छ ।
महानगरले जरिवाना गर्नसक्ने अवस्थालाई मध्यनजर गदैै राप्रपाका नेता, कार्यकर्ताहरू आफैं जुटेर फोहोर संकलन गर्न थालेका हुन् ।
कार्यक्रम चलिरहँदा पनि उद्घोषकले पानीका बोतल तथा फोहोरहरू व्यवस्थित गर्न आग्रह गरेका थिए ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै उद्घोषकले भनेका थिए, ‘एकजना पत्र काट्न तयार भएर बसेको छ । त्यो पत्र आउँछ । पानीको बोतल तपाईंले बोक्नुभएको भए पनि तपाईंको नाम थाहा नभएर राप्रपामा पत्र आउँछ ।’
केहीबेरमा सम्बोधन गरेका अध्यक्ष लिङ्देनले मेयर बालेनको नाम लिँदै आफैं सफा गर्ने बताएका थिए ।
‘बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु,’ उनले भनेका थिए,‘हाम्रा साथीहरूलाई आफैं सफा गरेर जान आग्रह गर्छु ।’