बार एसोसिएसनको मतगणनामा विजयप्रसाद मिश्र अगाडि

काठमाडौं । चैत २६, नेपाल बार एसोसिएसनको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले निकटका कानुन व्यवसायीका उम्मेदवार विजयप्रसाद मिश्रले मतान्तर झण्डै दोब्बरले बढाएका छन् ।
अध्यक्षका उम्मेदवार मिश्रले एक हजार २९५ मत प्राप्त गर्दा अर्का उम्मेदवार रमनकुमार श्रेष्ठले ६८२ मत ल्याएका छन् । श्रेष्ठ नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० निकटका कानुन व्यवसायीको साझा उम्मेदवार बनेका छन् ।