कस्तो रहला आजको मौसम ?

काठमाडौं । चैत २७, हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने देशभर तुवाँलो लागेको अवस्था छ ।
विभागका अनुसार आज कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।