नेप्से ९.६६ अंकले बृद्धि

सहयात्रा टिभी

काठमाडौं । चैत २७, सेयर बजारको परिसूचक नेप्से ९.६६ अंक बढेको छ । बुधबार नेप्से परिसूचक २६७६ मा कायम भएको छ । कारोबार रकम घटेको छ ।

कारोबारका क्रममा दिउँसो ११ : ४४ बजे नेप्से परिसूचक २७०१ अंकसम्म पुगे पनि टिक्न सकेन । अघिल्लो दिन ५ अर्ब ३० करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडमा खुम्चियो । १५४ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने एउटाको स्थिर रह्यो ।

यस दिन बैंकिङ र व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.०३ तथा व्यापार ०.४० प्रतिशत घटे । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै २.४४ प्रतिशत बढ्यो ।

हालै बजारमा सूचीकृत भएको यस कम्पनीको मूल्य अब केही दिन लगातार १० प्रतिशत बढ्नेछ ।

 

प्रकाशित : 9 April, 2025

प्रतिक्रिया दिनुहोस्