सुनको मूल्यमा कीर्तिमान, एकैदिन ५७ सय रुपैयाँले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । चैत २८, नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ५ हजार सात सय रुपैयाँले बढेको जनाएको छ । महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित : 10 April, 2025

प्रतिक्रिया दिनुहोस्