वर्षाका कारण नारायणघाट–बुटबल सडक अवरुद्ध

सहयात्रा टिभी
काठमाडौं । चैत २८,   बिहीबार बिहानदेखि परेको हल्का वर्षाका कारण नारायणघाट–बुटबल सडक अवरुद्ध भएको छ । धुलो बाटोमा हल्का वर्षा भएपछि हिलो र चिप्लो भएका कारण राजमार्गको दाउन्ने खण्ड बिहान ९ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उक्त स्थानमा हिजोदेखि चैत ३१ गतेसम्म गाडी रोकेर विस्तारको काम भइरहेको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म गाडी चलाउन दिइएको छैन । गाडी चल्न दिने समयमा समेत अवरुद्ध भएपछि यो मार्ग भएर यात्रा गर्ने यात्रीले सास्ती भोग्दै आएका छन् । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

प्रकाशित : 10 April, 2025

प्रतिक्रिया दिनुहोस्