‘कर्मा’ र ‘पिताम्बर’ ले कुन हलमा कति साे पायाे?

काठमाडौं । चैत २८, यही चैत २९ अर्थात् नयाँ वर्ष २०८२ को छेकोमा प्रदर्शन हुने दुई फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ को टिकट बुकिङ खुलाइएको छ। देशका मल्टिप्लेक्स र सिंगल हलहरुले बुधबार देखि नै फिल्मको बुकिङ खुलाएका हुन्।कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ र सौरभ चौधरी निर्देशित ‘कर्मा’ लाई हलले सन्तोषजनक सो दिएकाे छ। संयोग दुइटै फिल्म एक्सन जनरामा बनेको छ। फिल्मले दर्शकको मा जित्नेमा निर्माण टिमको विश्वास छ।

फिल्मले कुन हलमा कति सो पायो?
कर्मा
अभिनेता विपिन कार्की मुख्य भूमिका रहेकाे फिल्म ‘कर्मा’ मा उनकाे एक्सन अवतार छ। उनले पहिलाेपटक एक्सन जनरामा काम गरेका हुन्। उनीसँगै फिल्ममा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरी, बेन बस्नेतलगायत कलाकारको अभिनय छ। बसन्त लम्सालले लागानी गरेकाे फिल्म केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को ब्यानरमा बनेकाे छ।
‘कर्मा’लाई भने क्युएफएक्सले उपत्यकामा १९ सो र मोफसलमा १८ गरी ३७ सो दिएको छ। दोस्रो ठूलो मल्टीप्लेक्स आईएनआईले ११ साे, वान सिनेमाजले ७ साे, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमा र एफक्युब सिनेमाजले ४/४ साे, बिएसआर मुभिज र विश्वज्याेति हलले ३/३ साे दिएकाे छ।
पिताम्बर
मल्टिप्लेक्स हल क्युएफएक्स सिनेमाजले फिल्म ‘पिताम्बर’ लाई उपत्यकामा २७ र मोफसलमा २५ साेसहित ५२ साे दिएको छ।दोस्रो मल्टिप्लेक्स आईएनआई सिनेमाजले आफ्ना ४ वटा हलमा १६ साे, वान सिनेमाजले १२ साे, एफक्युब सिनेमाजले ७ साे, बिग मुभिज र रञ्जना सिनेप्लेक्सले ६ साे, बिएसआर मुभिज र सिडिसी सिनेमाजले ४/४ साे, विश्वज्याेति हलले ३ दिएको छ।
‘पिताम्बर’ मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सुरक्षा पन्त, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, सुरवीर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाई र सुप्रोल बुढाथोकीको अभिनय छ। विशाल चौलागाई निर्माता रहेकाे फिल्म केपी फिल्मस्काे ब्यानरमा बनेकाे छ।