शंखमुलमा एक व्यक्ति मृत फेला परे

काठमाडौं । चैत २८, काठमाडौं महानगरपालिका-३१ शंखमुलमा एक व्यक्ति मृत फेला परेका छन् ।
मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् ।
उनी शंखुमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरो कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ ।