बारको अध्यक्ष र महासचिवमा मिश्र र कोइराला विजयी

काठमाडौं । चैत २८, नेपाल बार एशोसिएसनको अध्यक्षमा कांग्रेस-एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र भारी मतान्तरका साथ विजयी भएका छन् ।
मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मत मात्रै पाए ।
महासचिवमा पनि कांग्रेस-एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए ।
अन्य सबै पदाधिकारीमा कांग्रेस-एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् । कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।