प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगियो

काठमाडौं । चैत २९, तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ ।
भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाडौं ल्याइएको थियो ।
त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको कार्यालय लगिएको हो । सरकारी वकिलको कार्यालयबाट प्रसाईंलाई केहीबेरमा जिल्ला अदालत काठमाडौं लगिनेछ ।
उनीविरुद्ध आजै म्याद थप गर्ने तयारी छ । ज्यान मार्ने उद्योग लगायतका कसुरमा उनीविरुद्ध मुद्दा चलाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि प्रसाईं फरार थिए ।