शिक्षक आन्दोलनले आफ्नो मात्रै हित हेरे समस्या समाधान हुँदैन : प्रधानमन्त्री

काठमाडौं । चैत २९, प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हरेको भन्दै यसले समाधान नदिने बताएका छन् ।
नेकपा एमालेले शुक्रबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेको प्रधानमन्त्रीले वार्ताका लागि सरकारले बोलाइसकेकाले शिक्षकहरू सडकमा गएर प्रदर्शन गर्नु नपर्ने बताए ।
‘समस्याहरू छन्, तर सडक प्रदर्शनमा जानु पर्थेन,’ ओलीले भने, ‘शिक्षकहरूले आफ्नो हित मात्रै हेरेर हुन्न, राष्ट्रको हित र आर्थिक अवस्था पनि हेर्नुपर्छ, भावनामा बगेर समाधान हुँदैन ।’
प्रधानमन्त्रीले उपयुक्त शिक्षा ऐन छिटै ल्याउने बताए । अस्थिरता दोहोरिन नदिन र देश बनाउन कांग्रेस र एमाले मिलेर सरकार बनाएको दावी गरेका ओलीले वर्तमान सरकार कसैले चाहँदै नढल्ने बताए ।