काठमाडौंमा हावाहुरीसहितको वर्षा, जहाजहरू आकाशमै ‘होल्ड’

सहयात्रा टिभी

काठमाडौं । चैत ३०, काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बिहानैदेखि हावाहुरीसहितको वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका भूभागमा हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको छ ।

यसैबीच, हावाहुरी र वर्षाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा समेत प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण केही जहाजहरू आकाशमै ‘होल्ड’ भएको अवस्था छ ।

प्रकाशित : 12 April, 2025

प्रतिक्रिया दिनुहोस्