सुडानमा आरएसएफको आक्रमणमा परी १०० जनाको ज्यान गयो

सहयात्रा टिभी

काठमाडौं । चैत ३१, सुडानको डार्फरमा अर्धसैनिक बलको आक्रमणमा कम्तीमा एक सय जनाको ज्यान गएको छ ।

सुडानी अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) ले डार्फर क्षेत्रमा विस्थापित मानिसहरूका लागि बनाइएको अनिकालग्रस्त शिविरहरूमा गरेको आक्रमणमा २० बालबालिका र ९ सहायताकर्कीसहित एक सय जनाभन्दा धेरैको ज्यान गएको संयुक्त राष्ट्रसङ्घलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

सुडानमा राष्ट्रसङ्घका आवासीय र मानवीय संयोजक क्लेमेन्टाइन न्क्वेटा–सलामीले आरएसएफ र सहयोगी मिलिशियाहरूले जामजम र अबु शोरोक शिविर, नजिकैको शहर एल–फाशेर, उत्तरी डार्फर प्रान्तको प्रान्तीय राजधानीमा आक्रमण गरेका बताउनुभयो ।

जामजम शिविरमा बाँकी रहेका केही स्वास्थ्य चौकीहरूमध्ये एउटा सञ्चालन गर्ने क्रममा नौ जना सहायताकर्मी मारिएका खबरमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कानुसार जामजम र अबु शोरोकमा सात लाख जनाभन्दा धेरैले आश्रय लिइरहेका छन् । विश्वव्यापी भोकमरी निगरानी समूह, एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) द्वारा अनिकाल पत्ता लागेको सुडानका पाँच क्षेत्रमध्ये जमजाम र अबु शोरोक समावेश छन् ।

युद्धका कारण सुडानको आधा जनसङ्ख्या झन्डै दुई करोड ५० लाख मानिसले चरम भोकमरीको सामना गरिरहेका छन् ।

 

प्रकाशित : 13 April, 2025

प्रतिक्रिया दिनुहोस्