सेयर बजार ८.६२ अंक घट्यो

सहयात्रा टिभी

काठमाडौं । चैत ३१, आइतबार सेयर बजार ८.६२ अंक घटेको छ । यो अंकको कमीपछि नेप्से २६६२.०८ मा कायम भएको छ । आज  कारोबार रकम बढेको छ ।

‘क’ वर्गका कम्पनीहरूको सूचक सेन्सिटिभ इन्डेक्स ०.०९ प्रतिशत बढेको छ ।  आज आइतबार ६ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार हुँदा १ करोड ३१ लाख ८९ हजार ३ सय २८ कित्ता सेयर किनबेच भएको छ ।

आज आइतबार ८८ कम्पनीको मूल्य बढ्दा १ सय ५७ कम्पनीको मूल्य घट्यो भने एउटाको स्थिर रहेको छ ।

आज पनि अधिकांश सेक्टरका सूचक घटेका छन् । सबै सेक्टरको उतारचढाव १ प्रतिशतमुनि नै छ । बैंकिङ ०.२१, विकास बैंक ०.७७, फाइनान्स ०.८८, हाइड्रोपावर ०.४५, जीवन बीमा ०.६१, उत्पादन ०.८४ र लघुवित्त ०.२६ प्रतिशत घटेका छन् । चार सेक्टरका सूचक भने बढेका छन् ।

 

 

प्रकाशित : 13 April, 2025

प्रतिक्रिया दिनुहोस्