चीनले ७ थरी बहुमूल्य दुर्लभ धातु अमेरिका निर्यातमा रोक

सहयात्रा टिभी

काठमाडौं । चैत २८, चीनले अमेरिकासँगको बढ्दो व्यापार युद्धको बीचमा ७ थरी बहुमूल्य दुर्लभ धातु निर्यातमा रोक लगाएको छ ।

चीनले गाडी, ड्रोन, रोबोटदेखि मिसाइलसम्म निर्माण गर्न आवश्यक चुम्बकको आपूर्ति पनि बन्दरगाहमै रोकिदिएको छ ।

यी धातुहरू अटोमोबाइल, सेमिकन्डक्टर र एयरोस्पेस उद्योगका लागि अत्यन्तै आवश्यक छन् । यस निर्णयले विश्वभरका मोटर वाहन, विमान, सेमिकन्डक्टर र हतियार उत्पादन गर्ने कम्पनीहरूमा प्रभावित हुनेछन् ।

चीनले यही ४ अप्रिलमा समेरियम, ग्याडोलिनियम, टरबियम, डिस्प्रोसियम, लुटेसियम, स्क्यान्डियम र यिट्रियम नामका ७ बहुमूल्य धातुहरूको निर्यातमा रोक लगाउने आदेश जारी गरेको थियो ।

आदेशअनुसार यी धातुहरू र तिनबाट बनेका विशिष्ट चुम्बकहरू अब विशेष अनुमति लिएपछि मात्र चीनबाट बाहिर पठाउन पाइनेछ ।

 

प्रकाशित : 14 April, 2025

प्रतिक्रिया दिनुहोस्