थिमिमा सिन्दूर जात्रा हर्ष उल्लासको साथ मनाइदै

काठमाडौं । बैशाख २, मध्यपुर थिमिमा मनाइने बिस्केट (बिस्का) जात्रा सँगै सिन्दूर जात्रामा पनि मनाइएको छ । मध्यपुर थिमिमा बिहान ३२ खटसहितको सिन्दूर जात्रा आयोजना गरिएको हो ।
सिन्दूर जात्राको क्रममा बालकुमारी र सिद्धिकालीको गणहरूसहितका खट ल्याएर बालकुमारी प्रवेश गराएपछि जात्राको शुभारम्भ गर्ने प्रचलन रहिआएको छ।विभिन्न मौलिक बाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेल्दै जात्रा मनाएका हुन् ।