रामेछापबाट लुक्ला उडेको जहाज काठमाडौंमा ‘फोर्स ल्याण्ड’ गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३, त्रिभुवन विमानस्थलमा ५ मिनेट अवरुद्ध भएको छ । जहाजमा समस्या आएपछि जहाज हटाउने समयमा विमानस्थल अवरुद्ध भएको हो । रामेछापबाट लुक्ला जान लागेको सिता एयरको जहाजमा समस्या आएपछि काठमाडौंमा आकस्मिक अवतरण गर्दा विमानस्थल नै अवरुद्ध भएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले १० बजेर ६ मिनेटदेखि १० बजेर ११ मिनेटसम्म विमानस्थल अवरुद्ध भएको बताए । उनका अनुसार अहिले सिताको जहाज पार्किङमा लगिएको छ । भने उडान र अवतरणमा केही समस्या छैन । जहाजको चेक जाँच भइरहेको छ ।

प्रकाशित : 16 April, 2025

प्रतिक्रिया दिनुहोस्