सुनको मूल्यमा दिनहुँ नयाँ रेकर्ड बन्दै, कतिमा हुँदैछ कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । बैशाख ४,  नेपाली बजारमा सुनको मूल्य तोलामै १ लाख ९० हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

आज सुनको मूल्य बुधबारको तुलनामा ३ हजार ६ सय रुपैयाँले बढेको हो । यस्तै, चाँदीको मूल्य बिहीबार भने सामान्य बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित : 17 April, 2025

प्रतिक्रिया दिनुहोस्