यूएईका उपप्रधान तथा परराष्ट्रमन्त्री आज नेपाल आउँदै

काठमाडौं । बैशाख ९, संयुक्त अरब इमिरेट्स (यूएई) का परराष्ट्रमन्त्री औपचारिक भ्रमणका लागि नेपाल जाँदै छन् । यूएईका उपप्रधानमन्त्रीसमेत रहेका शेख अब्दुल्लाह बिन जायद अल नाह्यान मंगलबार चार्टर्ड विमानबाट बेलुका नेपाल पुग्ने छन् ।
नेपालमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलगायत उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
परराष्ट्र मन्त्रालयले शेख अब्दुल्लाहको भ्रमणको आवश्यक तयारी गरिरहेको छ । यूएईका परराष्ट्रमन्त्री नेपाली सहित पाकिस्तान र श्रीलंकाको भ्रमणमा रहेको यूएईले जनाएको छ । उनको यो भ्रमण दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले गरिएको सद्भावना भ्रमण भएको आबुधावी स्थित नेपाली दूतावासले जनाएको छ ।
सन् २००६ देखि यूएईको परराष्ट्र सम्हालिरहेका मन्त्री शेख अब्दुल्लाह यहाँको राजपरिवारका उच्च पदस्थ अधिकारीसमेत हुन । यसअघि काठमाडौंमा यूएईको दूतावास स्थापना तथा उद्घाटनका क्रममा पनि उनी नेपाल आएका थिए । नेपालको प्रमुख वैदेशिक रोजगार मुलुकमध्येको एक यूएईंका विदेशमन्त्री नेपाल भ्रमणमा रहेको बेला समकक्षी आरजु भने यहाँ हुने छैनन् । उनी सोमबार बैंकक गएकी छन् ।