कांग्रेसले भन्यो- सरकार ढल्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास हुँदैछ

सहयात्रा टिभी

काठमाडौं । बैशाख १२, नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सरकार ढल्छ भन्ने हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार परिवर्तनको हल्ला चलाएर अस्थिरता निम्त्याउने प्रयास भइरहेको बताए । विगतको २० वर्षमा केही पनि भएन व्यवस्था मात्रै परिवर्तन भयो भन्ने तर्कमा कुनै सत्यता नभएको बताए ।

घिमिरेले भने, ‘तथ्यांकले पनि भन्छ, तथ्यांकले मात्रै होइन हाम्रो आँखाले पनि २० वर्ष अघि-पछिकोलाई देखेको छ । संसारको तुलना गर्ने हो भने आज अमेरिकासँग तुलना गरेर नहोला । तीनका तुलनामा हाम्रो विकासको गति कमजोर होला तर हामी साह्र नै कमजोर अवस्थामा छौं भन्ने अवस्थामा छैनौं ।’

प्रकाशित : 25 April, 2025

प्रतिक्रिया दिनुहोस्