कैलालीको सरकारी वकिलको कार्यालयबाट थुनुवा महिला फरार

सहयात्रा टिभी

काठमाडौं । बैशाख १४, जिल्ला सरकारी वकिलको कार्यालयबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन् । इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाइएको बेला ५० वर्षकी मिना शाही दमाई हतकडीसहित फरार भएकी हुन् ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाएको थियो । महिला दिउँसो सवा २ बजे नै हतकडीसहित भागेको भएपनि दुई बजेर ४० मिनेटमा मात्र सम्बन्धित टोलीले माथिल्लो निकायमा रिपोर्ट गरेको थियो । दमाईको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग लागेको छ ।

प्रकाशित : 27 April, 2025

प्रतिक्रिया दिनुहोस्