शिक्षक महासंघको बैठक जारी

काठमाडौं । बैशाख १४, नेपाल शिक्षक महासंघको बैठक बसिरहेको छ । नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएपछि थप रणनीति तय गर्न महासंघको बैठक बसिरहेको हो ।
‘अहिले बैठक जारी छ,’ महासंघ महासचिव तुलाबहादुर थापाले जानकारी दिए । २६ दिनदेखि शिक्षकहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शान्तिपूर्ण आन्दोलन गर्दै आएकोमा आइतबार भने झडप भएको थियो ।