सुनको मुल्य ५ सयले बढ्यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख १६, स्थानीय बजारमा सुनको मूल्य फेरि बढेको छ। अघिल्लो कारोबार दिन सोमबार १४ सय रुपैयाँले घटेको सुन आज ५ सय रुपैयाँले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको हो।


सोमबार एक तोला सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो। सुनको भाउ बढे पनि चाँदीको मूल्य भने स्थिर रहेको छ। आज एक तोला चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ कायम भएको छ।

प्रकाशित : 29 April, 2025

प्रतिक्रिया दिनुहोस्