देउवा दम्पतिले भेटे भाजपा विदेश विभाग प्रमुखलाई

सहयात्रा टिभी

काठमाडौं । बैशाख १७, भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।

तीन दिने नेपाल भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका चौथाईवाले सभापति देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए । भेटमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पनि सहभागी थिइन् । चौथाईवालेले केही वर्ष अघि मन्त्री राणासँग ‘राखी’ बाँधेका थिए । उनले बुधबार नै गृहमन्त्री रमेश लेखकसँग भेटघाट गरेका थिए ।

प्रकाशित : 30 April, 2025

प्रतिक्रिया दिनुहोस्