सीपमूलक जनशक्ति रोजगारीमा जोडिए मात्रै समृद्ध नेपाल सम्भव : प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाडौं । बैशाख १८, प्रधानमन्त्री केपी शर्मा ओलीले सीपमूलक जनशक्ति रोजगारीमा जोडिए मात्रै समृद्ध नेपाल सम्भव रहेको बताएका छन् ।

बिहीबार बालुवाटारबाट १ सय ३६ औँ श्रमिक दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरु गरेको श्रम संसार पोर्टलको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले श्रमिकको कल्याण, महिलाको आत्मनिर्भरता आवश्यक रहेको बताए । श्रम संसार यही राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास भएको बताए । श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्ने बताए । वैदेशिक रोजगारमा देखा परेका चुनौतीहरू नियन्त्रण गर्नुपर्ने बेला भएको बताए ।

श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशीलता विकास होस् वा सहुलियतपूर्ण कर्जाहरू सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरूलाई जनताको घर दैलोमा पुर्‍याउनका लागि र श्रम रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवाहरूलाई सबै नेपालीको पहुँचमा पुर्‍याउन श्रम संसार पोर्टल मन्त्रालयले विकास गरेको बताए । प्रधानमन्त्री ओलीले सीपमूलक तालिम, संस्कृतिको विकास र बिस्तारमार्फत दिगो रोजगारीको प्रबन्ध सम्भव हुने बताए । सरकारले आगामी दशकलाई आन्तरिक रोजगारीको दशक बनाउन रणनीतिक कार्य योजना निर्माण गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘श्रम, रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ । वैदेशिक रोजगारमा देखा परेका चुनौतीहरू नियन्त्रण गर्नुपर्ने भएको छ । श्रम बजारको विकास गर्न तालिम होस् वा उद्यमशीलता विकास होस् वा सहुलियतपूर्ण कर्जाहरू सरकारले उपलब्ध गराउने सबै श्रम तथा रोजगार सेवाहरूलाई जनताको घर दैलोमा पुर्‍याउनका लागि र श्रम रोजगार तथा सामाजिक सुरक्षाका सम्पूर्ण सेवाहरूलाई सबै नेपालीको पहुँचमा पुर्‍याउन श्रम संसार पोर्टल मन्त्रालयले विकास गरेको छ । यसलाई निकट भविष्यमा नागरिक एपमा आबद्ध गरी सम्पूर्ण जनतासँगको पहुँच अभिवृद्धि गर्न समेत निर्देशन गर्दछु । जब सीपमूलक जनशक्ति रोजगारीमा जोडिन्छ । समृद्ध नेपाल त्यति बेला सम्भव हुन्छ । सुखी नेपाली त्यति बेला सम्भव हुन्छ । जति बेला श्रमिकको कल्याण, महिलाको आत्मनिर्भरता र देशले निरन्तरता प्राप्त गर्दछ । श्रम संसार यही राष्ट्रिय दृष्टिकोणको डिजिटल अभ्यास हो । जहाँ सरकार निजी क्षेत्र र जनतालाई जोड्ने पुलको रूपमा काम गर्दछ ।’

प्रधानमन्त्री ओलीले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको निर्माण, प्रविधिको उच्च प्रयोग गरेर विकास र समृद्धिका लक्ष्यहरू प्राप्त गर्न सबै नेपालीलाई सहज र सरल सेवा प्रवाहका लागि सूचना प्रविधिको महत्त्वपूर्ण भूमिका रहेको बताए । सरकारले श्रम बजार, सूचना प्रणाली निर्माणको कार्य अगाडि बढाएको बताए ।

प्रकाशित : 1 May, 2025

प्रतिक्रिया दिनुहोस्