नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाको शपथ आज

सहयात्रा टिभी

काठमाडौं । बैशाख १९, नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

उनलाई आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ ।

उनलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते राज्यमन्त्री नियुक्त गरेका थिए ।

यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङ (कान्छाराम)लाई राज्यमन्त्रीबाट बर्खास्त गरेपछि रिक्त पदमा गर्बुजा नियुक्त भएका हुन् ।

गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुन् । उनी म्याग्दीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।

राज्यमन्त्री गर्बुजाको शपथ ग्रहणलगत्तै आजै मन्त्रिपरिषदको बैठक पनि बस्ने छ ।

प्रकाशित : 2 May, 2025

प्रतिक्रिया दिनुहोस्