धरानबाट भोजपुर गएको बस दुर्घटना, एकजनाको मृत्यु, १४ जना घाइते

धरान । वैशाख २२, धरानबाट भोजपुरको दिङ्ला गइरहेको बस सोमबार बिहान धनकुटामा दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । यात्रुले भरिएको बस धनुकटा नगरपालिका-६ गोलाईनजिकै दुर्घटनामा परेको हो । भोजपुरतर्फ गइरहेको यो बस ब्रेक फेल भएर सडकबाट तल झरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार को १ ख २१७७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा धनुकटा नगरपालिका-६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको हो । उनका अनुसार भुजेलको बिहान पौने १२ बजे धनुकटा जिल्ला अस्पतालमा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले घटनामा १४ जना घाइते भएको बताए । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।