वर्षाका कारण विष्णुमति करिडोरमा आवागमन अस्तव्यस्त

काठमाडौं । वैशाख २३, काठमाडौंमा मंगलबार दिउँसो परेको वर्षाका कारण करिडोर क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ ।
केहीबेर अघि काठमाडौंसहित उपत्यकाका विभिन्न क्षेत्रमा वर्षा भएको थियो । वर्षापछि विभिन्न बागमती, विष्णुमति लगायतका नदीमा पानीको सतह बढेको छ ।
यसैबीच सोह्रखुट्टेबाट कालिमाटीतर्फ निस्कने विष्णुमति खोला छेउको करिडोर केहीबेर हिलाम्मे भएको थियो । सडक हिलाम्मे भएपछि सवारी आवागमनमा पनि असर परेको थियो ।
काठमाडौं महानगरपालिका– १९ टंकेश्वरी भन्ने स्थानमा पानी जमेपछि सवारी साधनमा यात्रा गरिरहेकाहरू समस्यामा परेका छन् ।