सेयर बजार सामान्य वृद्धि बिन्दुमा पुगेर रोकियो

काठमाडौं । वैशाख २३, साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य बढेर बन्द भएको छ । यस दिन १.०३ अंकले बढेको बजार २६११.४३ बिन्दुमा पुगेर रोकियो । यो ०.०३ प्रतिशत वृद्धि हो ।
आज मंगलबार कुल ३ सय १८ वटा धितोपत्रको ८० हजार ५४ कारोबारबाट २ करोड ५ लाख ४२ हजार ७ सय ६५ कित्ता सेयर किनबेच भएको छ । यस दिन ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार ८ सय ४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार जलविद्युत ३, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको मूल्य बढेको छ ।