भोलिसम्मका लागि एमाले धनुषाको ८औं अधिवेशन स्थगित

सहयात्रा टिभी

काठमाडौं । वैशाख २३, नेकपा एमालेको धनुषाको ८औं जिल्ला अधिवेशन स्थगित भएको छ ।

वैशाख २० गतेदेखि जारी अधिवेशन दुई पक्षबीच झडप भएपछि  भोलिसम्मका लागि स्थगित भएको निर्वाचन समितिले सूचना सुनाएको छ ।

अन्तिम मतदाता नामावली नाममा प्रकाशनलाई लिएर आज बिहान विवाद हुँदा कुर्सी हानाहान भएको थियो । त्यसपछि बिहानैदेखि दिउँसोसम्म अधिवेशन स्थल महेन्द्ररायण निधि सांस्कृतिक कला केन्द्रमा झडप र तनाव जारी रह्यो ।

झडपमा पाँचजना घाइते समेत भएका थिए । अधिवेशनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादवको उम्मेदवारी परेको छ ।

प्रकाशित : 6 May, 2025

प्रतिक्रिया दिनुहोस्