बाथरुममा लडेर प्रचण्ड घाइते

सहयात्रा टिभी

काठमाडौं । वैशाख २४, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् ।

सुत्न जानुअघि शौचालय जाँदा लडेको उनको सचिवालयले जनाएको छ ।

राति नै अस्पताल गएर चेकजाँच गरेर आएको र अहिले नियमित काममा फर्किएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ । राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो ।

स्रोतले भन्यो, ‘टाउको टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’

उनी अहिले घरमै आराम गरिरहेका छन् । नेताहरु प्रचण्डलाई भेट्न उनको निवास पुग्ने क्रम जारी छ ।

प्रकाशित : 7 May, 2025

प्रतिक्रिया दिनुहोस्