पाकिस्तानी सेनाको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु

काठमाडौं । वैशाख २४, कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको ज्यान गएको छ । भारतीय सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्स र एएफपीले तीन भारतीय नागरिकको ज्यान गएको बताएका छन् ।
यसैबीच,पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतको आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको पुष्टि गरेका छन्। घटनामा ३५ जना घाइते भएका छन् ।
चौधरीका अनुसार आक्रमणमा एक मस्जिदसहित कैयौं स्थानहरूलाई निसाना बनाइएको थियो।
यस घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले प्रतिक्रिया दिएका छन् । उनले पाकिस्तानले भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूरा अधिकार राख्ने बताएका छन् ।