आज पनि सुन–चाँदीको मूल्यमा बृद्धि

काठमाडौं । वैशाख २४, नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्यमा बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबार प्रतितोला पाँच हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको हो।
यो दुई दिनमा सुनको भाउ सात हजार रूपैयाँ बढेको हो।