साताको अन्तिम दिन घट्यो सेयर बजार

सहयात्रा टिभी

काठमाडौं । वैशाख २५, साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेर बन्द भएको छ । बिहीबार ०.४५ प्रतिशतले बजारमा गिरावट आएको हो ।

बुधबार ६१.२५ अंकले बढेको बजारमा दोस्रो दिन नै ‘करेक्सन’ देखिएको हो ।  वित्त उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै कमाए ।

यसमा ४.१६ प्रतिशतको वृद्धि भएको छ ।  बिहीबार कुल ३ सय १५ धितोपत्रको १ लाख ३ हजार ३ सय १९ कारोबारबाट ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबार रकम भने ११ अर्ब ६५ करोड १७ हजार ८ सय ५१ रुपैयाँ बराबरको भएको छ । अघिल्लो दिन बुधबार कारोबार रकम १० अर्ब ५१ करोड बराबर भएको थियो ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकताले गुमाए । यस धितोपत्रको मूल्य ४.१५ प्रतिशतले घटेको छ ।

यसबाहेक ग्रिन डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, बुटवल पावर कम्पनीको मूल्य समेत धेरैले घटेको छ । बिहीबार ङ्यादी ग्रुप पावरको सबैभन्दा धेरै कारोबार भएको छ ।

 

प्रकाशित : 8 May, 2025

प्रतिक्रिया दिनुहोस्