माधवकुमार नेपालको एन्जिओप्लास्टी गरियो

काठमाडौं । वैशाख २६, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको एन्जिओप्लास्टी गरिएको छ ।
बिहीबार बिहान महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नेपालको एन्जिओप्लास्टी गरिएको हो ।
एन्जियोप्लास्टी भनेको रक्त नली (खासगरी मुटुको रक्त नली) मा भएको अवरोध हटाउने चिकित्सा प्रक्रिया हो ।
कहिलेकाहीँ रक्त नलीमा बोसो वा अन्य पदार्थ जम्मा भएर साँघुरो हुन्छ, जसले रक्त प्रवाहमा समस्या ल्याउँछ । यो समस्यालाई हल गर्न एन्जियोप्लास्टी गरिन्छ ।
ती चिकित्सकका अनुसार नेपालको मुटुको समस्या पहिल्लादेखि नै थियो । मुटुको उपचारपछि नेपाललाई केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन् ।